मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रो दुर्घटना, एकको मृत्यु, १४ घाइते

काठमाडाैं, फागुन १९ ।
मनकामना मन्दिर दर्शनार्थी सवार रहेको माइक्रो बस दुर्घटनामा परेको छ । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर-३ मा माइक्रो बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरू सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।
मनकामना मन्दिर दर्शन गरेर दर्शनार्थीहरू फर्कने क्रममा माइक्रो बस आज सोमबार बिहान ११ बजेर २५ मिनेटको समयमा आँबुखैरेनी-गोरखा सडकखण्डमा दुर्घटनामा परेको हो ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया