सरकारको चुनाव सार्ने निर्णयबारे कमल थापाको ट्वीट

काठमाडौं, असार १ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगको भूमिकालाई कठपुतली बनाउन खोजिएको जनाएको छ ।
सत्तारुढ कांग्रेस र माओवादीले राजपा नेताहरूसँग बसेको बैठकमा प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सार्ने सहमति गरे लगत्तै अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारको निर्णय अदुरदर्शी र अपरिपक्व भएको टिप्पणी गरेको हो ।
वर्तमान सरकारलाई समर्थन गरेको राप्रपाले निर्वाचन सार्ने सरकारी निर्णयले आयोगको भूमिकालाई कुन्ठित बनाउन खोजेको आरोप लगाएका छन् ।
प्रतिक्रिया