बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक श्रेष्ठ पक्राउ

काठमाडाैं, जेठ २५ ।
काठमाडौंको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-६ बौद्धस्थित रामहिटीमा गएराति साढे ११ बजेतिर टिपरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक गिरीकाअनुसार वागमती प्रदेश-०१-००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट ज्यान गुमाउने करिब ६५ वर्षीय पुरुषको सनाखत हुन बाँकी रहेको छ ।
‘दुर्घटनापछि चालक टिपर लिएर भागेका थिए,’ एसपी गिरीले भने, ‘टिपर चालक काभ्रेको मण्डद नेउपुर नगरपालिका-६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।’
दुर्घटनापछि भागेका चालकलाई मण्डन देउपुरबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको उनले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया