चुनावको संघारमा विप्लव माओवादीको बन्द घोषणा, प्रतिकार गरे कारबाहीको धम्की

प्रकाशित मिति: १ असार २०७४, बिहीबार १९:४१


काठमाडौं, असार १ ।
नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनको तयारी तीब्र रूपमा भइरहँदा मेची बन्दको घोषणा गरेको छ ।

सरकारले बिनाकारण पार्टीका केन्द्रीयसहित नेता–कार्यकर्तालाई गिरफ्तार गरेर झूठा मुद्दा चलाउन खोजिएको भन्दै विरोधस्वरूप मेची ब्यूरोले असार २ गते शुक्रबार बन्दको घोषणा गरेको हो । जेठ ३१ गते बुधबार नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य सुमन लिम्बु, मेची ब्यूरो सदस्य डिल्ली मैनाली र झापा जिल्ला सचिव तारा थापालाई प्रहरीले बिनाकारण पक्रेर हिरासतमा राखेको भन्दै आज ताप्लेजुङ जिल्ला संगठन समितिका सेक्रेटरी राजनले एक प्रेस विज्ञप्ति जारी गरेर मेची बन्दको घोषणाबारे जानकारी दिएका हुन् । लिम्बु मेची ब्यूरो इञ्चार्जसमेत रहेका छन् ।

सेक्रेटरी राजनले पार्टी कामका सिलसिलामा खटिएका नेताहरूलाई दलाल सरकारले बिनाकारण पक्राउ गरेको भन्दै नेताहरूको तत्काल बिना शर्त रिहा गर्न सरकारसँग माग गरेको छ । मेची ब्यूरोले गरेको मेची बन्दप्रति ऐक्यबद्धतासमेत उनले जनाएका छन् ।

पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरे थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै घोषित बन्द सफल पार्न सबैमा अपिल गर्दै बन्द अवज्ञा गर्नेलाई कारबाही गर्नेसमेत जानकारी गराइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....