निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप : राप्रपा

काठमाडौं, असार २ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले प्रदेश नं. २ को स्थानीय तह चुनाव आगामी असोज २ गते तोक्ने भनी गरेको निर्णयले निर्वाचन आयोगको स्वतन्त्रतामाथी हस्तक्षेप भएको आरोप लगाएको छ ।
पार्टीले सरकारले गरेको सो निर्णय ‘अपरिपक्व र अदूरदर्शी रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नकारात्मक सन्देश जाने’ जनाउँदै त्यो निर्णयमा पुनःविचार गरी पूर्वनिर्धारित मिति असार १४ मा निर्वाचन गराउन आग्रह गरेको छ ।
सरकारले मुलुकमा दूरगामी असर पार्ने निर्णय गर्नुपूर्व सबै दलबीच परामर्श तथा छलफल गरी साझा समझदारी कायम गर्नुपर्ने पार्टीका प्रवक्ता भुवन पाठकले बताए । उनकाअनुसार निर्वाचन हुन बाँकी प्रदेशमा शुक्रबार हुने उम्मेदवार मनोनयनमा राप्रपाले सहभागिता जनाउनेछ । सत्तारुढ दल तथा राष्ट्रिय जनता पार्टीबीच बिहीबार भएको छलफलपछि प्रदेश नं. २ को चुनाव तेश्रो चरणमा गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया