प्रदेश नं. दुईको चुनाव सारेको विरोधमा राजधानीमा देउवा र प्रचण्डको पुत्ला जलाइयो

काठमाडौं, असार २ ।
दुई नम्वर प्रदेशको चुनाव सारेको विरोधमा नेकपा (एमाले) निटक विद्यार्थी संगठनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको छ ।
ती विद्यार्थीहरूले काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लबको गेट अगाडि नै पुत्ला जलाएका हुन् ।
उनीहरूले देउवा र प्रचण्डकाविरूद्धमा नाराबाजी समेत गरेका थिए ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतीय दलाल भएको आरोप लगाउँदै दुई नम्बर प्रदेशलाई वर्तमान सत्तारूढ दलले सिक्किम जस्तै गराउन खोजिरहेको आरोप समेत लगाएका छन् ।
पुत्ला दहनपछि सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष नविना लामाले सरकारको उक्त निर्णय नसच्चाएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएकी छन् ।
प्रतिक्रिया