प्रदेश नं–२ को चुनाव सार्ने निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र :राजकिशोर यादव

जनकपुर, असार २ ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले प्रदेश नं– २ मा स्थानीय तहको निर्वाचन असोज–२ मा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप लगाएका छन् ।
आज जनकपुरमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने निर्वाचनका सार्ने बारेमा सरकारसँग राष्ट्रिय जनता पार्टीको कुनै सहमति भएको छ्रैन ।
नेता यादवले आफूहरू निर्वाचनको विरोधी शक्ति नभए पनि मधेसको माग सम्बोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताउँदै सभ्यता, पहिचानको सङ्घर्षलाई सङ्ख्याको आधारमा मापन गर्न नहुने धारणा व्यक्त गरे ।
सत्ता पक्षले सङ्घर्षलाई सङ्ख्याका आधारमा मापन गरी मधेसको मुद्दालाई पटक-पटक कमजोर र ओझेलमा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले आन्दोलनलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन पार्टीको आजको बैठकबाट निर्णय गरिने जानकारी पनि दिए ।
प्रतिक्रिया