उपप्रम महराको भनाई ‘चुनावमा पैसाको बल प्रयोग गर्नु उचित होइन’

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार १८:२६


दाङ, असार २ ।
उपप्रधानमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा केही शक्तिले पैसाको बलमा निर्वाचन जित्ने प्रयत्न गरिरहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले घोराही–१३ मा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले त्यस्ता तत्वलाई जनताले परास्त गर्ने कुरामा जोड दिएका छन् ।

स्थानीय तहको निर्वाचन हुनु माओवादीका लागि निकै खुसीको कुरा भएको उल्लेख गर्दै माओवादी केन्द्रका नेता महराले कार्यसूचीका आधारमा माओवादी केन्द्रले विजय हासिल गरिसकेको जिकिर गरेका छन् ।

उनले मधेश केन्द्रित दललाई पनि सहमतिमा लिएर मुलुकलाई समाधान दिनका लागि २ नं प्रदेशको निर्वाचन सारिएको स्पष्ट गरे । ‘निर्वाचनको मिति केही सार्दैमा मुलुकले निकास पाउँछ भने यसलाई हामीले त्यति ठूलो बनाउनु हुँदैन’, उनले भने, ‘सारिएको मितिभित्र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) र राजपालाई सहमतिमा ल्याएर संविधान संशोधन गरिनेछ ।’

परराष्ट्रमन्त्री महराले नेपालले छिमेकी मुलुकबीच सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने बताउँदै चीन र भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिन सक्नुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....