देशको समृद्धि विकास गर्न कांग्रेसको नेतृत्व आवश्यक : डा.महत

प्रकाशित मिति: ३ असार २०७४, शनिबार १२:३०


पाँचथर, असार  ३।
नेपाली कांग्रेसका नेता डा.रामशरण महतले गरिब विपन्न जनताको जीवनस्तर उकास्न र मुलकको विकास तथा समृद्धि गर्न कांग्रेसका नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।

पाँचथर र इलामको सिमानास्थित राँके बजारमा आज नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा उनले कांग्रेसका उम्मेदवारले मात्रै मुलुकको विकास र समृद्धि गर्न सक्ने भएकाले आसन्न स्थानीय तहको निर्वाचनमा पाटीका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गरेका छन् ।

नेता डा.महतले राँके–रवि हुँदै भेडेटार जोड्ने सडकको कालोपत्रेका लागि आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गरेको बताउँदै अब यस सडकको निर्माण कार्य चाँडै थालिने र समयमै पूरा हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे, जिल्ला सभापति नरेन्द्रकुमार केरूङ र जिल्ला सचिव वृजहाङ आङदेम्बे लगायतले स्थानीय तहको निर्वाचन, विकास र कांग्रेस नेतृत्वको भूमिकाका विविध पक्षमाथि प्रकाश पारेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....