रेणु दाहाललाई फेसबुकबाट गाली–बेइज्जती गर्नेविरूद्ध किटानी जाहेरी

प्रकाशित मिति: ३ असार २०७४, शनिबार १३:५६


चितवन, असार ३ ।
चितवनको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरूद्ध सामाजिक सञ्जाल (फेसबुक)मार्फत गाली बेइज्जती गर्ने दुईजना विरूद्ध उनका श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिएको छ ।

चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले सामाजिक सञ्जाल (फेसबुक)मा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहराविरूद्ध किटानी जाहेरी परेको जानकारी दिए ।

‘जसले जे गरे पनि हुन्छ जस्तो देखियो, एउटा गलत नजिर बस्ने अवस्था देखिएकाले मेरो श्रीमान्ले जाहेरी दिएको हो,’ रेणु दाहालले भने । शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भए पनि साइवर अपराध मुद्दा काठमाडौं जिल्ला अदालतले मात्रै हेर्ने भएकाले काठमाडौं कै प्रहरीबाटै हेर्नेगरी पठाइएको उपरीक्षक थापाले बताए ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर प्रमाणित भएमा रु.दुई लाख जरिवाना र पाँच वर्षसम्म कैद या दुबै सजाय हुनसक्ने छ ।

निरव ज्ञवाली र एसबी बोहराको नामको फेसबुक आइडीमा दाहाललाई अश्लिल शब्दमा गाली गरी लेखिएको छ।

‘विद्युतीय कारोबार ऐन २०६३ ले बन्देज लगाएको कानुन विपरितको कार्य गरेको हुँदा निज अन्यायी दुबै जनालाई खोजतलास गरी यसै कार्यालयबाट तत्काल पक्राउ गरी ल्याई विद्युतीय कारोबारी ऐनअनुसार हदैसम्मको सजाय जरिवानासमेत गरी न्याय पाउँ,’ पाठकको किटानी जाहेरीमा उल्लेख छ । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....