विराटनगरमा एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल

विराटनगर, असार ३ ।
नेकपा (एमाले) र विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको स्थानीय निर्वाचनमा प्रमुख र उप–प्रमुख पदका लागि चुनावी तालमेल भएको छ ।
नेकपा (एमाले)का प्रमुख पदको उम्मेदवार विनोद ढकाललाई लोकतान्त्रिक फोरमले सघाउने छ भने उप–प्रमुखमा सो पार्टीलाई एमालेले सघाउने सहमति भएको लोकतान्त्रिक फोरम नेपालका जिल्ला अध्यक्ष भक्तिनाथ माझीले जानकारी दिए ।
यसबाहेक, वडामा दुबैबीच कुनै सहमति नभएको बताइएको छ । लोकतान्त्रिक फोरमले उप–प्रमुख पदको उम्मेदवारको आजै टुङ्गो लगाउने बताइएको छ ।
प्रतिक्रिया