एमाले टिसर्ट जलाउने क्रममा प्रहरी सहायक निरीक्षक र राजपाकासहित पाँच घाइते

प्रकाशित मिति: ४ असार २०७४, आईतवार ०६:४१


नवलपरासी, असार ४ ।
नवलपरासीमा शनिबार राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा चार जना राजपाका कार्यकर्ता र एक जना प्रहरी सहायक निरीक्षक रहेका छन् । राजपा पार्टीले सदरमुकाम परासीमा आयोजना गरेको विरोध सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र राजपा कार्यकर्ताबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले केही राउण्ड रबरको गोली र दर्जनौँ अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले चलाएको रबरको गोली लागि राजपाका कार्यकर्ता जमुनियाका ५० वर्षीय नर्सिह चौधरी, गेरमीका २७ वर्षीय सुरेश गुप्ता र नर्सहीका ४० वर्षीय भगवन्त गुप्ता घाइते भएका छन् ।

यसैगरी प्रहरीको झडपमा परी नवलपरासी क्षेत्र नं–६ का रामेश्वर कुशवाह घाइते भएको संयुक्त मधेशी मोर्चाका जिल्ला संयोजक मुकुर्जी गिरीले जानकारी दिए । घाइतेहरूको परासी अस्पतालमा उपचार भइरहेको छ ।

सभा चल्दै गर्दा सभानजिकै रहेको मध्यनेपाल यातायात व्यावसायी समितिको काउण्टरमा राखिएको नेकपा (एमाले)को टिसर्टको पोकोलाई राजपाका कार्यकर्ताले जलाउने क्रममा प्रहरी र कार्यकर्ताबीच झडप भएको थियो ।

प्रहरीले राजपाका कार्यकर्ता देवगाउँका हैदर अलि मोमिन र राजेन्द्र तिवारीलाई पक्राउ गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....