आजबाट दोश्रो चरणको निर्वाचनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु

प्रकाशित मिति: ४ असार २०७४, आईतवार ०८:२२


काठमाडौं, असार ४ ।
पहिलो चरणको स्थानीय तहको निर्वाचन सकिएको एक महिनापछि असार १४ गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत आजबाट दोश्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।

निर्वाचन आयोगले मनोनयन दर्ता आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि समयसीमा तोकिएको छ । यहीँ १४ गते हुने प्रदेश नम्बर १, ५ र ७ का एक महानगरपालिका, सात उपमहानगरपालिका र दुई सय १५ गाउँपालिकामा निर्वाचन हुनेछ । निर्वाचनमा ६४ लाख ३२ हजार सात सय ६५ मतदाता सहभागिता जनाउने छन् ।

त्यसैगरी, निर्वाचनका लागि चार हजार पाँच सय ८१ मतदानस्थलमा आठ हजार तीन सय ६४ मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार नौ सय कर्मचारी खटिने आयोगले जनाएको छ ।

दोश्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि आयोगले ४७ वटा संस्थाका करिब सात हजार ८९ जनालाई अनुमति प्रदान गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....