नेपाली जनताले एमालेका कारण संविधान पाएको अध्यक्ष ओलीको जिकिर

प्रकाशित मिति: ८ असार २०७४, बिहीबार १८:१२


दमक, असार ८ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण जनताले संविधान पाएको जिकिर गर्दै अब त्यसको रक्षा गर्न एमाले मात्र प्रतिबद्ध भएको बताएका छन् ।

कमल गाउँपालिका वडा नं. ५ को पाडाजुङीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले भने, ‘हामीसँग क्षमता छ, योजना छ , एमालेले अब विकासको मुहार पूर्वबाट नै सुरुआत गर्नेछ ।’ उनले संविधानलाई कुल्चेर अधिकारका नाममा कसैलाई पक्षपोषण गर्ने तथा देशलाई अहित हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गौरादहमा आज नै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ओेलीले देशमा एमालेको विकासप्रतिको चाहनालाई जनताले अब मतदानबाट प्रमाणित गर्ने जिकिर गरे ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....