सचिव भट्टराईको भनाई ‘चुनावपश्चात् समृद्धि र विकासका क्षेत्रमा कायापलट’

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार ०६:३४


पाँचथर, असार ९ ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले स्थानीय निर्वाचनपछि समृद्धि र विकासका क्षेत्रमा कायापलट गरेर देखाउने पार्टीको नीति रहेको बताएका छन् ।

हिलिहाङ गाउँपालिका–१ भालुचोकमा बिहीबार आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले भने, “खेर गइरहेका नदी तथा खोलाबाट बिजुली उत्पादन गरी निर्यात गर्न सकिन्छ, यसबाट मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।” ऊर्जा, पर्यटन र कृषिको क्षेत्रबाट मुलुक बदल्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा हिलिहाङ गाउँपालिका अध्यक्षका उम्मेदवार भुवानी लिङ्देन, एमाले काठमाडौं–पाँचथर सम्पर्क मञ्चका पूर्वअध्यक्ष केशरबहादुर अधिकारी, नेत्रृ भूमिका नेम्वाङलगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

यसैबीच, प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई बिहीबार पक्राउ गरेको छ ।

विभिन्न स्थानमा चुनाव बिथोल्ने योजना बनाइरहेका बेला उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा ताप्लेजुङ साब्लाखुका मुस्कान लिम्बु, फाल्गुनन्द–५ का जितबहादुर चेम्जोङ, धनकुटा पाख्रिबास–३ का सङ्घर्ष परियार, फाल्गुनन्द–४ का विजय नेम्वाङ र फाल्गुनन्द–५ का कविराज चेम्जोङ रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....