राजावादी पार्टी भनेर राप्रपालाई भन्ने की एमालेलाई ?

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार ०८:२७


काठमाडौं, असार ९ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सबैले राजावादी पार्टी भनेर मान्ने गरेको छ तर, यहाँ राप्रपा भन्दा पनि नेकपा (एमाले) राजावादी भएको कुरा बाहिर आएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपाका प्रभावशाली नेताको सम्बन्ध चिसिँदै गर्दा राप्रपाले एमालेलाई राजावादी देख्न थालेको हो । पहिलो चरणको स्थानीय तहको निर्वाचनअघि शाहले राप्रपालाई समस्यामा पारेका थिए । पार्टी विभान हुनबाट रौँ जतिले मात्र जोगिएको छ । कमल थापाले मुखले भन्न नसके पनि यसमा शाहको मुख्य भूमिका रहेको श्रोतले बतायो । शाहलाई बोक्दा उल्टै दुःख पाएको गुनासोसमेत गरे कमल थापाले । थापाको हठका कारण राप्रपा एमालेसँग निर्वाचनको तालमेलमा गयो । तर, एमालेले नराम्रोसँग धोका दियो ।

यसप्रति विगतमा पशुपतिशमशेर जबरानिकटका राप्रपा नेताले असन्तुष्टि जनाए । एमालेले राप्रपालाई राजावादी दलका रूपमा मात्र देखेर व्यावहार गरिरह्यो । निर्वाचनमा राजावादी र हिन्दूवादीको मतसमेत एमालेले रणनीति बनाएर तानिरह्यो । अहिले एमालेको व्यावहार राजापरस्त बन्दै गएपछि राप्रपाका नेता तथा कार्यकर्ताहरू झस्किएका छन् । एमालेलाई अहिले शाहको सहानुभूति समेत बढ्दै गएको छ । त्यसैले राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा शाह सरिक भए ।

राष्ट्रपति भण्डारीसमेत ज्ञानेन्द्रका नाति हृदयेन्द्रको ब्रतबन्धमा पुगेकी थिइन् । अहिले एमाले र शाहको साँठगाँठ भित्रभित्रै बढ्दै गइरहेको छ । यसलाई राम्ररी बुझेका राप्रपा नेताले गम्भीरताका साथ लिइरहेका छन् ।
आजको विमर्श साप्ताहिकमा समाचार छापिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....