देशको विकास गर्नका लागि भ्रष्टाचार पूर्ण रूपमा अन्त्य हुनुपर्छ : संयोजक डा.भट्टराई

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार १६:०१


मोरङ, असार ९ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले भ्रष्टाचारको पूर्ण रूपमा अन्त्य नभएसम्म देशको विकास हुन नसक्ने बताएका छन् ।

नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल उर्लाबारी नगर समितिद्घारा संयुक्त रूपमा आज मोरङको उर्लाबारीमा आयोजित चुनावी कार्यक्रममा उनले भने ‘विकास निर्माणको क्षेत्रमा ७० देखि ८० प्रतिशतसम्म भ्रष्टाचार हुने गरेकाले त्यसकोे अन्त्य गर्नु नै आफ्नो पार्टीको लक्ष्य रहेको छ ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका संयोजक भट्टराईले आर्थिक विकास नगरी गरिबी र बेरोजगारी अन्त्य गर्न नसकिने उल्लेख गर्दै नयाँ शक्ति पार्टीले अबको दुई दशकसम्म आर्थिक समृद्धिको अभियान चलाउने बताए ।

निर्वाचन पनि एक प्रकारको युद्ध भएको बताउँदै उनले निर्वाचनको अभियानमा हिम्मतकासाथ लागि पर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

कार्यक्रममा नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबाट संयुक्त रूपमा उर्लाबारी नगरपालिकाका प्रमुख तथा उप–प्रमुख पदमा उम्मेदवारी दिएका क्रमशः मनोहरी दाहाल र सावित्री याक्खाले नगरको समग्र विकासका लागि आफूहरू लागि पर्ने विचार व्यक्त गरे ।

निर्वाचन परिचालन समितिका स्थानीय संयोजक बाङ्गाई धिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....