परराष्ट्रमन्त्री महरासँग अल्जेरियाली राजदूतको भेट

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार १६:२२


काठमाडौं, असार ९ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अल्जेरियाका गैरआवासीय राजदूत हाम्जा याहिया चेरिफले आज शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटका अवसरमा अल्जेरियाली राजदूत चेरिफले आफ्ना नागरिकलाई निःशुल्क स्वदेश फर्कने अनुमति दिएकामा अल्जेरिया सरकारको तर्फबाट नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

राष्ट्रियता नखुलेका कारण अल्जेरियाली नागरिक अब्देल कादेर इब्राहिम अजुज विगत १६ वर्षदेखि नेपालमा शरणार्थीका रूपमा बस्दै आएका थिए ।

उनको राष्ट्रियता खुलेसँगै अल्जेरियाली सरकारले स्वदेश फर्काइदिन नयाँ दिल्लीस्थित अल्जेरियालीे दूतावासमार्फत नेपाल सरकारलाई अनुरोध गरेको थियो ।

नेपाल सरकारले प्रवेशाज्ञा र जरिवानाबापत लाग्ने शुल्क मिनाहा गरी उनलाई स्वदेश फर्कन अनुमति दिएको हो ।

परराष्ट्रमन्त्री महराले सन् २०१८ देखि २०२० को अवधिका लागि संयुक्त राष्ट्रसङ्घको मानवअधिकार काउन्सिलको सदस्य पदमा नेपालले उम्मेदवारी दिएको जानकारी दिँदै त्यसमा समर्थन जनाइदिन राजदूत चेरिफमार्फत अल्जेरियालीे सरकारसँग आग्रह गरेको थियो ।

सो अवसरमा अरब क्षेत्रमा देखिएको वर्तमान गतिरोधका विषयमा समेत छलफल भएको थियोे ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....