नेता नेम्वाङको आरोप ‘सरकारले रातारात आचार–संहिता उल्लङ्घन गर्यो’

इलाम, असार १० ।
पूर्वसभामुख एवं नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
“हामीले महिलालाई राष्ट्रपति बनायौँ, सभामुख बनायौँ, प्रधान न्यायाधीश बनायौँ तर, के अरू दलले बनाउन सके ?” उनले प्रश्न गर्दै भने, “प्रधानन्यायाधीश जस्तो स्वच्छ छबि भएका मान्छेलाई कारबाही गर्न खोजे तर पछि आफैँ झुक्नुपर्यो ।”
इलामको फाकफोकथुम–७ स्थित दोकानडाँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकारले रातारात स्थानीय तहको संख्या थपेर आचार–संहिता विपरीत कार्य गरिरहेको आरोप लगाउँदै उनले निर्वाचनको मिति सार्ने, निर्वाचनको समयमा कार्यकर्तालाई पैसा बाँड्ने काम गरिरहेको बताए ।
फाकफोकथुम गाउँपालिका–७ का वडा सदस्यका उम्मेदवार पञ्चबहादुर योङ्हाङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार दीपेन्द्र खनाल, उपाध्यक्ष सरस्वती राईलगायतले आफ्ना चुनावी एजेण्डा प्रस्तुत गरेकी थिइन् ।
सोही अवसरमा विभिन्न पार्टी परित्याग गरेका सयभन्दा बढीलाई नेता नेम्वाङले अबिर र माला लगाएर पार्टीमा स्वागतसमेत गरेका थिए ।
प्रतिक्रिया