२०७४ सालको माघमा विवाह लगन एक दिन मात्र

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार १२:१९


काठमाडौं, फागुन ११ ।
अर्को वर्ष २०७४ सालको माघ महिनामा विवाहको तयारी गर्दै हुनुहुन्छ ? यदि तयारी गर्दै हुनुहुन्छ भने ख्याल राख्नुहोला, अर्को वर्ष माग महिनामा यसवर्षको जस्तो विवाह लगनको साइत धेरै छैन । शुक्र उदाउने र अस्ताउने समय परेकाले अर्को वर्ष माघमा २४ गते मात्र विवाहको लगन भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यो वर्षको माघमा भने ८ दिन विवाहको लगनको साइत रहेको थियो ।

‘बृहस्पति र शुक्र उदाउने र अस्ताउने समयले विवाहलाई असर पार्ने भएकाले यस्तोबेलामा लगन जुर्दैन’ समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिएका छन् । ढुंगेलया अनुसार २०७४ सालमा बृहस्पति अशोज २५ गते उदाएर कात्तिक २० मा अस्ताउँछ भने शुक्र मंसिर २९ गते अस्ताएर माघ १८ मा अस्ताउँछ ।

२०७४ सालमा विवाहको लगन
वैशाख – २, ५, १७, २३, २४, २५, २६, २८ र २९ गते
जेठ – १, २, ७, ८, १९, २०, २१, २२, २३, २४ र २५ गते ।
असार – ३, ४, ५, १५, १६, १७, १८ र २५ गते ।
मंसिर – ६, ११ १२, १९, २०, २२, २८, ३० गते ।
माघ – २४ गते ।
फागुन – ६, ११, १२, १९, २०, २२, २८ र २९ गते ।

ब्रतबन्धको लागि वैशाख १७, २२ र २९, फागुन ६, १३ र २० तथा चैत ५ र १९ गते लगनको साइत जुरेको नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी गराएका हुन् ।


प्रतिक्रिया


ताजा खबर

More

काठमाडौंको पिँगलास्थानमा एक पुरुष मृत फेला

काठमाडाैं, जेठ ४ । काठमाडौं महानगरपालिकाको पिँगलास्थानमा एक पुरुष मृत फेला परेको छ.....