काठमाडाैंकाे कात्यानी चाेकमा श्रेष्ठले चलाएकाे कारकाे ठक्करले तीन वर्षीय बालककाे मृत्यु

प्रकाशित मिति: ३ जेष्ठ २०८२, शुक्रबार १६:११


काठमाडाैं, जेठ २ ।
काठमाडौं महानगरपालिका-३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका एक बालकको उपचारका क्रममा आज शुक्रबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको सितामढी घर भई हाल काठमाडौं-३१ कात्यानी चोक बस्ने तीन वर्षीय बालक शिवाङ्श झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।

उनले भने, ‘कात्यानीबाट भिमसेनगोलातर्फ जाँदै गरेको कात्यानी बस्ने ५५ वर्षीय रमेशकुमार श्रेष्ठले चलाएको बा. प्र. ०१-०३१ च ९५६३ नम्बरको सुजुकी डिम्याक्स गाडीले ठक्कर दिँदा केएमसी अस्पताल सिनामङ्गल लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।’

सवारी चालक श्रेष्ठ, सवारी साधन र कागज पत्र प्रहरी वृत्त बानेश्वरको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले जानकारी दिएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....