बिहीबारदेखि देशका धेरै स्थानमा वर्षा, दुई सातासम्म कायम रहने

प्रकाशित मिति: ३ जेष्ठ २०८२, शुक्रबार १५:०४


काठमाडाैं, जेठ २ ।
नेपालमा प्रि-मनसुन गतिविधि पुनः सक्रिय भएको छ । बिहीबारदेखि देशका धेरै स्थानमा वर्षा सुरु भएको छ । केही स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा भएको छ । यो क्रम अबको दुई साता कायम रहने मौसमविद्ले बताएका छन् ।

यो वर्षाले मनसुन जोड्ने सम्भावना पनि रहेको मौसमविद् विनोद पोख्रेलले बताए । अहिले प्रि-मनसुनकै अवस्था छ । औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ भने अक्टोबर २ मा बाहिरिन्छ ।

काठमाडौं उपत्यकासहित देशभर बढेको गर्मी अब हरेक दिनजसो पर्ने पानीले केही कम हुने देखिएको छ । तर, पश्चिम तराईमा अझै केही दिन चर्को गर्मी हुने मौसमविद् पोख्रेलको भनाई रहेको छ ।

यसैबीच, आज शुक्रबार पनि ठाउँ-ठाउँमा हावाहुरी र असिना पानीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, वागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

कोशी, वागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....