आइतबार वागमती प्रदेशसहित पाँच प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा

प्रकाशित मिति: ४ जेष्ठ २०८२, शनिबार २२:२२


काठमाडाैं, जेठ ३ ।
आइतबार कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशलगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More