पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर ४ वर्षीय बालकको मृत्यु

प्रकाशित मिति: ४ जेष्ठ २०८२, शनिबार २०:३२


काठमाडाैं, जेठ ३ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१ मुसहरी टोलस्थित रघुपति पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने रामकुमार पासवानको छोरा ४ वर्षीय रंजीत कुमार पासवानको शुक्रबार साँझ मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

यता रौतहटको चन्द्रपुर नगरपालिका-१ नुनथर वागमती खोलामा डुबेर भारत विहार सितामढी बस्ने २८ वर्षीय हिमान्चु कुमारको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा आज शनिबार बिहान उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया


ताजा खबर

More