काठमाडौंको पिँगलास्थानमा एक पुरुष मृत फेला

काठमाडाैं, जेठ ४ ।
काठमाडौं महानगरपालिकाको पिँगलास्थानमा एक पुरुष मृत फेला परेको छ ।
काठमाडौं महानगरपालिका-९, पिँगलास्थाननजिकै सडकमा आज आइतबार अन्दाजी ३० वर्षका पुरुष मृत फेला परेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया