सुनकाे नक्कली बुद्धकाे मूर्ति देखाएर करिब २२ लाख ठगी गर्ने पुरुष पक्राउ

प्रकाशित मिति: ३ जेष्ठ २०८२, शुक्रबार १७:५४


काठमाडाैं, जेठ २ ।
सुनको नक्कली मूर्ति देखाएर एक जनाले करिब २२ लाख ठगी गरेका छन् । भगवान गाैतम बुद्धको मूर्ति देखाएर ठगेको अभियाेगमा प्रहरीले संखुवासभाको धर्मदेवी नगरपालिका-३ घर भएका काशीनाथ पौडेललाई पक्राउ गरेको छ ।

उनले दुई जनाबाट २१ लाख ८५ हजार रुपैयाँ ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

सुनको मूर्ति सस्तोमा दिन्छु भनेर आरोपीले भक्तपुर बस्दै आएका ३९ वर्षीय प्रेम कुमार विकसँग १० लाख र न्यूरोड बस्ने राजकुमार विकसँग ११ लाख ८५ हजार ठगी गरेका हुन् ।

साे घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाइएकाे जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....