सिद्धार्थनगर नगरपालिकामा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार ०८:०९


रूपन्देही, असार १६ ।
स्थानीय तहको निर्वाचनअन्तर्गत दोश्रो चरणको मतपरिणाम आउने क्रम जारी रहेको छ । यसैबीच, पछिल्लो मतपरिणामअनुसार रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धाका साथ अघि पछि हुँदै आएको छ ।

जसअन्तर्गत एमालेलाई पछि पार्दै कांग्रेस ३३ मत अन्तरले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवारले सात सय ६१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले सात सय २८ मत प्राप्त गरेका छन् ।

यसैगरी, राप्रपाका उम्मेदवार सात सय तीन मतसहित तेश्रो स्थानमा रहेको छ भने माओवादी केन्द्रका उम्मेदवार पाँच सय ४३ मत ल्याएर चौथो स्थानमा रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

रु. २ करोडभन्दा बढीको सुन, हिरासहित कामपा प्युखाबाट चार पक्राउ

काठमाडाैं, जेठ २८ । प्रहरीले २ करोड १ लाख रुपैयाँभन्दा बढी रकम बराबरको सुन, हिरा तथा पत्थरको.....

एभरेष्ट कलर लिमिटेड “रंगाउँदै देश, मेरो एभरेष्ट कलर”

काठमाडौं, जेठ २८ । एभरेष्ट कलर, ISO 9001:2015.....