कामपाका पूर्वप्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बुधबार १६:४४


काठमाडाैं, जेठ २८ ।
सामाखुसी करिडोरअन्तर्गत ढल निर्माणको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

परियार हाल सूचना तथा प्रशारण विभागका महानिर्देशक छन् । मुद्दामा बोलपत्र मूल्यांकन समितिका सदस्यहरू रविनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालसमेत छन् ।

समानान्तर निर्माण सेवा (प्रा.) लि.ले १८ करोड ९ लाख रुपैयाँभन्दा कम रकम कबोल गरे पनि ठेक्का बढी कबोल गर्ने कल्पवृक्ष-कोहिनूर जेभीलाई दिइएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....