एभरेष्ट कलर लिमिटेड “रंगाउँदै देश, मेरो एभरेष्ट कलर”

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बुधबार १९:०६


काठमाडौं, जेठ २८ ।
एभरेष्ट कलर, ISO 9001:2015 प्रमाणीकरण प्रमाण पत्र प्राप्त, नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको सूचीमा दर्ता, नेपाल गुणस्तर चिन्ह प्राप्त उन्मुख रहेको कम्पनीले निकट भविष्यमा निष्काशन हुने साधारण शेयर ७,९०,००० कित्ता शेयरको लागि कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुँइटेल तथा प्रत्याभूतिकर्ताको तर्फबाट लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच आज बुधबारका दिन प्रत्याभूति सम्झौता गरेको छ ।

अन्य कलर उद्योग भन्दा पृथक ढङ्गले, सगठित स्वदेशी युवाहरूको लगानीमा विशेषतः नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजश्वमा योगदान पुर्‍याइ देशको सेवा गर्ने प्रमुख उद्देश्य लिएर सञ्चालन भइरहेको कम्पनीलाई केयर रेटिङ्गस नेपाल लिमिटेडले डबल बी माईनस रेटिङ्ग प्राप्त भएको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....