प्याब्सनको नयाँ अध्यक्षमा सम्बाहाम्फे विजयी

काठमाडौं, फागुन ११ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३ औँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।
गएराति सम्पन्न भएको मतगणनाको परिणामअनुसार कूल एक हजार छ सय २३ मतमध्ये सम्बाहाम्फेले आठ सय ७१ र उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले सात सय ५१ मत ल्याएका छन् । निर्वाचित अध्यक्ष सम्बाहाम्फे एक सय २० मतको अन्तरले विजयी प्राप्त गरेका हुन् ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा डी.के. ढुङ्गाना तथा खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आर.सी. श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी हुनुभएको घोषणा निर्वाचन समितिका संयोजक पर्शुराम कोइरालाले गरेका छन् ।
साथसाथै, महासचिवमा राजेन्द्र बानियाँ र कोषाध्यक्षमा टङ्क भट्टराई निर्वाचित भएका छन् ।
प्रतिक्रिया