धरान उपमहानगरपालिका बाहेक अन्यको मतपरिणाम घोषणा

प्रकाशित मिति: २६ असार २०७४, सोमबार १७:५८


काठमाडौं, असार २६ ।
दोश्रो चरणअन्तर्गत असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिका बाहेक अन्य सबै स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३४ जिल्लाका तीन सय ३३ स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । बीसवटा वडा भएको धरान उपमहानगरपालिका–११, १५, १६ र १७ को मतगणना भइरहेको जनाइएको छ ।

देशका १, ५ र ७ नम्बर प्रदेशअन्तर्गत ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहका लागि दोश्रो चरणमा निर्वाचन भएको थियो । पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले एक सय ५०, नेपाली कांग्रेस एक सय २२, नेकपा (माओवादी केन्द्र) ३८, संघीय समाजवादी फोरम आठ, नेपाल लोकतान्त्रिक फोरम नेपाल छ, राप्रपाका चार र राष्ट्रिय जनमोर्चाका दुई जना उम्मेदवार प्रमुख÷अध्यक्ष पदमा विजयी भएका छन् ।

त्यस्तै, तीनजना स्वतन्त्र उम्मेदवार पनि प्रमुख/अध्यक्ष पदमा विजयी भएका आयोगले जनाएको छ । दोश्रो चरणको निर्वाचनको हालसम्म घोषित परिणाममध्ये प्रमुख/अध्यक्षमा पदमा एमालेले सबैभन्दा धेरै अर्थात् ४५ प्रतिशत पदमा विजयी हासिल गरेको छ भने काँग्रेसले ३६.६ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् ।

उप–प्रमुख एवं उपाध्यक्षमा एमालेका एक सय ७४, कांग्रेसका एक सय चार, माओवादी केन्द्रका ३८, संघीय समाजवादी फोरम नेपालका सात, नेपाल लोकतान्त्रिक फोरमका छ, राष्ट्रिय जनमोर्चाका दुई, राप्रपाका दुईजना उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन् ।

दोश्रो चरणअन्तर्गत तीन सय ३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । यस निर्वाचनमा ४७ लाख ४० हजार पाँच सय २२ मत खसेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....