ताइवानको पूर्वी तटमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति: ३० जेष्ठ २०८२, बिहीबार ०९:३८


एजेन्सी, जेठ २९ ।
ताइवानको पूर्वी तटमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ । हुआलियन शहरबाट लगभग ७१ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पको केन्द्रबिन्दु ३०.९ किलोमिटर गहिराइमा रहेको बताएको छ । यता अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ५ दशमलव ९ म्याग्निच्युडको रहेको बताएको छ ।

भूकम्प आउनुभन्दा ठीक अघि मोबाइल फोनमा अलार्म बज्यो र भवनहरू लगभग एक मिनेटसम्म हल्लिएका थिए । यद्यपि, भूकम्पबाट अहिलेसम्म कुनै ठूलो क्षतिको रिपोर्ट आएको छैन ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....