काठमाडौंको नागार्जुन बस्ने २६ वर्षीया गोपालीको घरबाट नगद, गहना चोरी

काठमाडौं, जेठ २९ ।
काठमाडौंको नागार्जुन नगरपालिका-४ मा बुधबार दिउँसो चोरी भएको छ । बाफल डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-१ घर भएकी २६ वर्षीया रेश्मा गोपालीको कोठामा चोरी भएको हो ।
चोरले सुन तथा चाँदीका गरगहना र नगद गरी करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।
प्रतिक्रिया