कामपाका बालेन र सुनिताबीच मिलेर अगाडि बढ्ने सहमति

प्रकाशित मिति: ३० जेष्ठ २०८२, बिहीबार १३:०४


काठमाडौं, जेठ २९ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनिता डंगोलबीच छलफल भएको छ ।

छलफलमा लामो समयदेखि रोकिएको कार्यपालिका बैठक र नगर सभा बोलाउने विषयमा कुराकानी भएको स्रोतले बतायो । मेयर उपमेयरको छलफलमा अबदेखि मिलेर अगाडि बढ्ने विषयमा छलफल भएको थियो ।

वडाध्यक्षहरूसहितको बैठक करिब ४ घण्टासम्म चलेको बताइएको छ । वडाध्यक्षसँगको छलफलपछि मेयर साह र उपमेयर डंगोलबीच बेग्लै छलफल भएको थियो । योसँगै मेयर र उपमेयरबीच करिब अढाई महिनादेखिको संवादहीनता तोडिएको छ ।

छलफलमा उपमेयर डंगोलले कार्यपालिका बैठक र नगर सभा नबोलाएकोमा असन्तुष्टि जनाएकी थिइन् । उपमेयरको असन्तुष्टिमा मेयरले अब चाँडै कार्यपालिका बैठक र नगर सभा डाक्ने बताएका थिए । मेयर बालेनले छलफललाई निरन्तरता दिने बताएका थिए ।

काठमाडौं महानगर कार्यपालिकाको बैठक पुस १४ गते यतादेखि बस्न सकेको छैन ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....