तीन दलका शीर्ष नेताहरूको बैठक निष्कर्षविहिन

प्रकाशित मिति: २७ असार २०७४, मंगलवार १३:०८


काठमाडौं, असार २७ ।
तीन दलका शीर्ष नेताहरूको बैठक निष्कर्षविहिन भएको छ । संविधान संशोधनका विषयमा सहमति गर्न बसेको तीन दलको बैठकमा संशोधनसम्बन्धी कुनै निर्णय हुन सकेन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले तेस्रो चरणको स्थानीय तह निर्वाचन सकेपछि मात्र संविधान संशोधनको विषयमा अघि बढ्ने बताएपछि बैठक निष्कर्षविहीन भएको हो ।

बैठकमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन गर्नु पर्ने र त्यसका लागि संसदमा विचाराधीन संशोधन विधेयक पास गर्न एमालेले सहयोग गर्नुपर्ने आग्रह गरेका थिए ।

एमालेले भने प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गर्दै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै चुनावसम्म संशोधनको विषयलाई स्थगित गर्नुपर्ने र त्यसपछि खुला छलफल गर्न सकिने जवाफ फर्काए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने संशोधनमा सहमति नभए मतदान गर्ने वा राजपालाई सहमतिमा ल्याउन अरु माग पूरा गरेर अघि बढ्ने प्रस्ताव गरेको बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....