सार्कको मन्त्रीस्तरीय बैठकका लागि गृहमन्त्री शर्मा श्रीलंका प्रस्थान

प्रकाशित मिति: २७ असार २०७४, मंगलवार १८:१५


काठमाण्डौं, असार २७ ।
सार्क राष्ट्रको मन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री जनार्दन शर्मा आज श्रीलंका प्रस्थान गरेका छन् । असार २८ र २९ गते श्रीलंकामा सार्क राष्ट्रहरूको मन्त्रीस्तरीय, सचिव स्तरीय र अध्यागमन अधिकारीहरूको बैठक हुने जनाएको छ ।

श्रीलंका प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले बैठकमा सार्क स्तरीय नागरिकहरूको आवागमनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल हुने जानकारी दिए ।

उक्त बैठकमा सार्क राष्ट्रहरूबीच आतंकवाद नियन्त्रण, लागु औषध कारोबार नियन्त्रण, सीमा अपराध नियन्त्रणका विषयमा पनि छलफल हुने एजेन्डा तय गरिएको उनले बताए ।

मन्त्री शर्माले श्रीलंका बसाईका क्रममा सार्क राष्ट्रहरूबीच आपसी हितका विविध विषयमा पनि छलफल हुने बताए । गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीसहित श्रीलंका प्रस्थान गरेका मन्त्री शर्मा आगामी शुक्रबार स्वदेश फर्कने जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....