भारतसँगको व्यापार नेपालका लागि घाटा : राजदूत उपाध्याय

प्रकाशित मिति: २८ असार २०७४, बुधबार १३:३३


काठमाडौं, असार २८ ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकारको विषय भएको बताएका छन् ।
दिल्लीस्थित नेपाली दूतावास र भारतको थिङ्क ट्याङ्क इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिसए)ले भारतको आन्ध्र प्रदेशस्थित विसखापटनममा संयुक्त रूपमा गरेको नेपाल–भारत व्यापार, पारवहन र कनेक्टीभिटी विषयक विज्ञहरूको कार्यशालामा उपाध्यायले सो कुरा बताएका हुन् ।

उनले नेपाली उत्पादनहरूले भारतमा सहज प्रवेश पाउनुपर्ने बताउँदै त्यसमा विभिन्न खाले समस्याहरू आउने गरेको बताए । ‘माथिल्लो तहमा मन्त्रालयमा कुरा गर्दै सबै ठीक हुन्छ तर सिमानामा बेला बेलामा समस्याहरू देखिने गर्दछ,’ उनले भने ।

भारतीय उत्पादनले भने नेपालमा सहज रूपमा प्रवेश पाउने गरेको उनले बताए । राजदूत उपाध्याले नेपालले औपचारिक तथा अनौपचारिक समस्याहरू भोग्ने गरेको बताए ।

दिल्लीस्थित नेपाली दूतावासका मनिष्टर इकोनोमिक कृष्णहरि पुष्करले नेपाल र भारतका व्यापार, वाणिज्य तथा पारवहनका ऐतिहासिक विषयहरुमा गहन छलफलको लागि सो कार्यक्रमको आयोजना गरेको बताए । उनले भने, ‘व्यापार, वाणिज्य तथा कनेक्टीभिटीका समग्र विषयहरूमा छलफल हुनेछ ।’ विशेषतः यो बन्दरगाहको सुविधालाई हाइलाइट गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

यो बन्दरगाह प्रभावकारी तथा आधुनिक छ र यो पूर्ण रूपमा कम्युटरमा आधारित रहेको छ । कार्यक्रममा नेपाल र भारतका विभिन्न विज्ञहरूले दुई देशको व्यापार, पारवहन, कनेक्टीभिटीलगायत विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने तथा छलफलको कार्यक्रम रहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....