संविधान संशोधन विधेयक अघि नबढाइने भएता पनि चुनावमा भाग लिन राजपा सकारात्मक

प्रकाशित मिति: २८ असार २०७४, बुधबार १५:५०


काठमाडौं, असार २८ ।
सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार रोकेर संशोधन विधेयक अघि बढाउने गृहकार्य थालेका थिए । तर, प्रमुख विपक्षी एमालेले असहमति जनाएका थिए ।

दुई तिहाई बहुमत नपुग्ने भएपछि संविधान संशोधन विधेयक अघि नबढाइने भएको हो । अब राजपाका अन्य मागहरूलाई सम्बोधन गरेर उसलाई चुनावमा ल्याउने गृहकार्यमा सरकार जुटेको छ ।

यही अवस्थामा संशोधन विधेयकलाई संसदमा निणयार्थ पेश गर्दा राप्रपाकै केही सांसदले भोट नहाल्ने र फेल हुने अवस्था रहेको सत्तारुढ दलका नेताहरूले बताएका छन् ।

नेताहरूकाअनुसार भोटिङमा लगेर फेल गर्नु भन्दा अब संशोधन विधेयकलाई फेरि होल्ड गर्ने समझदारी भएको विषयमा राजपा सकारात्मक रहेको देखिएको छ ।

स्रोतका अनुसार मंगलबार साँझ भएको कांग्रेस र माओवादी नेताहरुसँगको बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संशोधन पारित हुँदैन भन्ने आफूहरूलाई जानकारी रहेका बताए । भोटिङमा लगेर एमालेलाई ‘एक्सपोज’ गरौं भने पनि एमाले आफैंले संशोधन हुन दिन्नौं भनेकाले यथास्थितिमा राख्न उपयुक्त हुने उनको समेत राय रहेको एक नेताले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....