अध्यक्ष ओलीको धारणा ‘वैदेशिक रोजगार व्यावसाय मर्यादित हुनु आवश्यक’

काठमाडौं, असार २९ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगार व्यावसाय थप व्यवस्थित, मर्यादित र सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यावसायी संघको भोलिदेखि हुने महाधिवेशनका लागि संयुक्त व्यावसायिक समूहको उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न सके युवाले कामका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य हुने धारणा राखे ।
पूर्वप्रधानमन्त्री ओलीले मुलुकभित्र पर्याप्त रोजगारीका अवसर नभएका अवस्थामा वैदेशिक रोजगार व्यावसायीले रोजगार व्यवस्थापनमा गरेको योगदानले राष्ट्रको अर्थतन्त्रमा टेवा पुगेको बताए ।
संयुक्त व्यावसायिक समूहले नेता ओली र नेकपा (माओवादी केन्द्र) का नेता लेखराज भट्टको उपस्थितिमा रोहन गुरुङको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । समूहका प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना, द्वितीय उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाललगायत रहेका छन् ।
प्रतिक्रिया