मन्त्रीपरिषद्को बैठक सम्पन्न, मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री नियुक्त

काठमाडौं, असार २९ ।
सरकारले सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले बरिष्ठताका आधारमा सचिव क्षेत्रीलाई प्रशासनिक क्षेत्रको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि सचिव क्षेत्री उर्जा मन्त्रालयको सचिव रहेका थिए ।
मन्त्रीपरिषद् बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्ड र जापानबाट अनुदान लिने पनि निर्णय गरेको छ । नेपाललाई फिनल्याण्ड सरकारले दुई अर्ब ३६ करोड र जापान सरकारले २७ करोड ४७ लाख अनुदान दिने भएको छ ।
प्रतिक्रिया