महाअभियोगको प्रस्तावविरुद्ध परेको रिट संवैधानिक इजलाशमा

काठमाडौं, असार २९ ।
सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्तावविरुद्ध परेको रिट निवेदनको सुनुवाइ संवैधानिक इजलाशमा हुने भएको छ ।
कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले आज संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिएको हो ।
सो महाअभियोगको प्रस्तावविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले रिट निवेदन दायर गरेका थिए ।
प्रतिक्रिया