प्रदेश नम्बर–२ मा स्थानीय निर्वाचन तयारी सुरु

काठमडौं, असार ३० ।
निर्वाचन आयोगले आगामी २ असोजमा हुने प्रदेश नम्बर–२ को निर्वाचनको तयारी सुरु गरेको छ । आयोगकाअनुसार निर्वाचनका लागि आवश्यक सामग्री १४ असारमै जिल्ला पुर्याइसकेकाले कार्यालय सञ्चालन र निर्वाचन अधिकृत नियुक्त गर्ने काम मात्रै बाँकी छ ।
मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र मतदानका क्रममा आवश्यक कर्मचारी नियुक्त गर्ने र निर्वाचन कार्यक्रमबारे तयारी थालेको आयोगले जनाएको छ । जिल्लामा मतपत्र समेत पठाइसकिएको जनाएको छ ।
पहिले नै मतपत्र पठाइसकेकाले आयोगले नयाँ निर्णय नगरेसम्म मतपत्रमा नयाँ निर्वाचन चिह्न थप गरिनेछैन । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार २ असोजको निर्वाचनका लागि नयाँ मतपत्र छापिनेछैन ।
राजपा दल दर्ता प्रक्रियामा रहेकाले आयोगले नयाँ निर्णय नगरेको हो । राजपाले माग गरेअनुसार छाता चिह्न दिने हो भने मतपत्र पुनः छाप्नुपर्ने हुन्छ । तर, आयोगले अहिलेसम्म यो निर्णय गरिसकेको छैन । तत्काल उक्त चिह्न दिन नसकिने आयोगले बताइसकेको छ । नयाँ पत्रिकाबाट
प्रतिक्रिया