सार्क मन्त्रीस्तरीय बैठक सहभागी भएर गृहमन्त्री शर्मा स्वदेश फिर्ता

प्रकाशित मिति: ३० असार २०७४, शुक्रबार १६:२५


काठमाडौं, असार ३० ।
गृहमन्त्री जनार्दन शर्मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका गृहमन्त्रीहरूको श्रीलंकामा भएको बैठकमा सहभागी भएर आज स्वदेश फर्केका छन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

बैठकमा सार्क राष्ट्रहरूमा आवागमन गर्दा सदस्य मुलुकका नागरिकका लागि राहदानी प्रक्रियालाई सरलीकरण गर्न आधुनिक सूचना प्रविधिसहितको ‘सार्क भिसा एक्जिम्सन स्टिकर स्किम’ को विकास गर्ने र सबै सदस्य राष्ट्रको सहमति कायम गरेर कार्यान्वयनमा जान बाँकी काम छिटो सम्पन्न गर्ने निर्णय गरिएको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी बैठकमा सार्क राष्ट्रका प्रहरी संगठनबीच सहयोग र समझदारी विकास गर्न सार्क क्षेत्रका प्रहरीको सम्मेलन आगामी सेप्टेम्बर महिनामा नेपालमा आयोजना गर्ने निर्णय भएको थियो ।

बैठकमा आतंकवाद, क्रसबोर्डर, लागू पदार्थको ओसारपसारलगायतका विभिन्न आपराधिक गतिविधिको सबै सदस्य राष्ट्रहरूबाट भत्र्सनासमेत गरिएको थियो ।

सूचना प्रविधिको विकाससँगै बढ्दै गएको साइबर क्राइम नियन्त्रण गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो ।
बैठकबाट सार्क राष्ट्रका दुई पक्षीय र क्षेत्रीय सहायता बढाउन सहयोग पुगेको महसुस गरिएको विज्ञप्तिमा भनिएको छ । बैठकमा गृहमन्त्री शर्मासँगै गृहसचिव लोकदर्शन रेग्मी र गृह प्रवक्ता दीपक काफ्ले श्रीलंका गएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....