भोलीदेखि मतदाता नामावली संकलन

हेटौँडा, असार ३१ ।
जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरूको लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन गरिने भएको छ ।
कार्यालयका अनुसार प्रदेश नं ३ अन्तर्गत पर्ने मकवानपुर जिल्लाका आठ गाउँपालिका तथा एक एक नगरपालिका र उपमहानगरपालिका क्षेत्रका बासिन्दाको नयाँ मतदाता नामावली संकलन गरिने भएको छ ।
साथै साउन १६ देखि २० गतेसम्म तस्बिरसहित नाम, अद्यावधि गरिनाका साथै नामावलीको संशोधन पनि गरिने कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताएको छ ।
उनकाअनुसार सम्बन्धित वडामा बसोबास गर्ने व्यक्तिको नागरिकता, विवाहिता महिलाका हकमा विवाह दर्ता एवं अन्य जिल्लाबाट बसाइँ सरी आएका व्यक्तिका परिवारले बसाइँसराइ दर्ताको प्रमाण ल्याएमा नयाँ मतदाता नामावलीमा नाम समावेश हुने छ ।
वि.सं २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लामा दुई लाख २७ हजार पाँच सय ५९ मतदाता रहेको कार्यालयले जनाएको छ । निर्वाचन आयोगको निर्देशन बमोजिम जिल्ला निर्वाचन कार्यालय भवन हेटौँडाबाट मात्र नयाँ मतदाता नामावली संकलन गरिने छ ।
प्रतिक्रिया