सरकारको चरम लापर्बाही हो की ? जनताको दोष ?

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार १३:४३


सपना प्रजापति
असार मसान्तसँगै राजधानीको विभिन्न स्थानमा भारी वर्षासँगै ढल बग्ने र बाढी आउने क्रम विस्तारै बढ्दै गएको छ ।

मुलुकले करिब २० वर्षपछि स्थानीय तहको निर्वाचनले स्थानीय व्यक्ति चुन्नसमेत सफल भएको छ तर, नगर प्रमुख पदस्थापनामा मात्र सीमित भइरहेको छ । वास्तविक रूपमा नगर प्रमुख भएको अनुभव गर्न पाएका छैनन् यहाँका स्थानीयबासीहरूले ।

राजधानीमा भारी वर्षा हुने क्रम बढ्दै गएसँगै राजधानीका विभिन्न स्थानमा डरलाग्दा घटनासमेत हुन पुगेका छन् । शुक्रबार मात्र राजधानीको अति व्यस्त स्थान सामाखुसी चोकमा भारी वर्षापछि बाटोभरी पानी जमेका कारण स्कूलबाट फर्कँदै गरेकी एक विद्यार्थी बाटो छुटाउन नसक्दा ती विद्यार्थीलाई पानीले नराम्रोसँग बगायो । तर, एक युवाले करिब १० मिटर परसम्म बगाईसकेकी ती स्कूले विद्यार्थीलाई हतारमा दौडेर बचाउन त सफल भए । ती युवालाई सलाम छ । उनको आँट र हिम्मतलाई । यसैगरी, नेपालटारमा १० वर्षीया एक बालिकाकाे ज्यानसमेत गयाे । खेलेर घर फर्किने क्रममा ती बालिकाकाे भ्वाङमा खसेर मृत्यु भयाे । उनकाे शव चःमतिमा भेटिएकाे थियाे । त्यस्तै, सोही दिन काठमाडौंको बसुन्धरामा पनि भारी वर्षापछि घर र पसल भित्र पानी छिरेर हरिबिजोग बनेको दृश्य पनि देखियो छ । अाशा गराैँ याे घटना पुनः दाेहाेरिने छैन । माैसम पूर्वानुमान महाशाखाकाअनुसार श्रावणमा अझै थप भारी वर्षा हुने प्रारम्भिक अनुमानसमेत गरिएकाे छ ।

भिडियो हेर्नुस्

यसैबीच, आज बिहान मात्र सरस्वतीनगरको बौद्धिक मार्ग अगाडि मेलम्ची खानेपानीका लागि खाल्डो खनेर त्यत्तिकै नछोपिकन राख्दा भैँसी उक्त खाल्डोमा खसेको दृश्य सामाजिक सञ्जालमा छाएको छ । अझ राजधानी बाहिरको कुरा गरौँ भने भारी वर्षापछि जलमग्न भएसँगै बाढीका कारण दर्जनौँ व्यक्तिको ज्यानसमेत गइसकेको छ ।


अर्काे भिडियो हेर्नुस्

यस्तो अवस्थामा नगर प्रमुख भएर निर्वाचित हुने व्यक्तिहरूको जिम्मेवारी हो या सर्वसाधारण जनता वा स्थानीयबासीको ? हुनतः यसमा स्थानीयबासीको पनि केहीँ हदसम्म दोष नभएको भने होइन । आफ्नो टोल र आसपासमा खाल्डाखुल्डी भएर बाटो बिग्रेर गाडी, मोटरसाइकल र पैदल यात्रुहरू हिँड्नलाई असहज हुँदासमेत आफूहरू चुप लागेर बस्ने बानी छ । यसका लागि स्थानीयबासी वा टोल सुधार समिति एकजुट भएर सम्बन्धित निकायमा गएर तारन्तार डेलिगेशन गएर बाटो घाटो मर्मत नगरेसम्म धर्ना वा चेतावनीपूर्वक कार्यक्रम ल्याएको खण्डमा यस्ता दुर्घटनामा पूर्ण रूपमा न्यूनीकरण ल्याउन सकिन्थ्यो की ? हामीले नगर प्रमुख वा वडाध्यक्षलाई मात्र दोषारोपण गरेर तत्काल यसको समाधान हल हुन्छ भन्नेमा ढुक्क हुने वातावरण छैन । नगर प्रमुखले मात्र कहाँ कस्तो छ सबै स्थानमा त्यो हेर्न समयले साथ नदेला तर, त्यस्तो अवस्थामा स्वयम् पीडित स्थानीयबासीहरू नै एकजुट भएर सम्बन्धित निकायमा गएर आफ्ना गुनासाहरू नपोखेसम्म कोही आएर हामी गर्दिन्छु भनेर समस्या समाधान गरीदिने यहाँ विरलै पाइन्छ ।

बरु हामी, भित्रभित्रै साथीभाईबीच यो प्रमुखले, यो अध्यक्षले यस्तो गर्‍यो, उस्तो गर्‍यो, उसो गरेन भनेर, काम नलाग्ने मान्छेलाई चुनेर पठाएछु भनेर दोष दिएर समय खेर फाल्नुभन्दा हामी सबै एक पटक जागरुक भएर यतातिर पनि ध्यान दिने पो हो की ?

यसको मतलब महानगर र नगरपालिकाको कुनै दोष नै छैन भन्न खोजेको भने होइन । यहाँ बिहान हिँडेको बाटो दिउँसो वा बेलुकासम्म सोही बाटो फकिँन्दा खाल्डो खनेर राखेको अवस्था पनि रहेको छ । तर, त्यस्तो अवस्थामा सो स्थानमा संकेत चिन्ह वा बार लगाएर सुरक्षा दिनु अतिआवश्यक रहेको छ । हामी नेपाली शिक्षित र बुद्दिमानी भएर पनि अरूकाे खिल्ली उडाउनेमा बढी तल्लिन हुँदै गएकाे पनि देखिन्छ । अाफ्नै टाेलमा कदम कदाचित काेहीँ पैदल यात्री वा माेटरसाइकल चालक पानी जमेर बाटाे चिन्न नसकेर खाल्डाेमा खसेकाे खण्डमा उसलाई सहयाेग गर्नुकाे साटाे हाँसेर झन् लज्जित पार्ने दृश्य पनि यहाँ नदेखेका हाेइनन् । यस्ताे बेला हाम्राे मानवता कहाँ गयाे । यसमा दाेष चालकलाई, पैदल यात्रीलाई, महानगर, नगरपालिका वा स्थानीयबासी कसलाई दिने ?

त्यसकारण यहाँ जनता स्वयम् जागरुक हुनु अतिआवश्यक छ, होइन भने समस्या जिउँको त्युँ नै हुन्छ । एउटा उखानै छ ‘बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ यसलाई मनन् गरेर हामी यस्ता समस्यालाई समाधान गर्नतिर पनि अब केहीँ समय दिने हो की ? अर्काेतर्फ फाेहाेर पानीका कारण लाग्ने राेगबाट बालबच्चाहरूलाई टाढा राख्नुका साथै सुरक्षामा समेत टेवा पुग्नेछ । जसले गर्दा अरूलाई पनि झक्झक्याउन पनि सफल हुनेमा कसैको दुई मत नहोला । अर्कोतिर सबैका लागि उदाहरणीय कार्यसमेत हुनेछ भन्नेमा म विश्वस्त छु ।


प्रतिक्रिया

ताजा खबर

More

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री डा. राणालाई थप १५ दिन हिरासतमा राख्ने अनुमति

काठमाडाैं, चैत २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....