गृह मन्त्रालयद्वारा एघार एआईजीको बढुवा सिफारिस, नवराज सिलवाल छुट्यो

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार १६:२३


काठमाडौं, असार ३१ ।
गृह मन्त्रालयद्वारा प्रहरी प्रधान कार्यालयका एघार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

श्रोतकाअनुसार डीआईजी नवराज सिलवालको सर्वाेच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले उनलाई प्रहरी प्रधान कार्यालयले बढुवा सूचीमा समावेश नगरेको जनाएको छ । उनी आईजीपीका दावेदार हुन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले गरेको सिफारिस सूचीअनुसार नम्बर क्रम अनुसार पहिलो नम्बरमा डीआईजी बमबहादुर भण्डारी, दोश्रो जयबहादुर चन्द, तेश्रो देबेन्द्र सुवेदी, चौथो पशुपति उपाध्याय, पाँचौ केशरीराज घिमिरे, छैठौं माधव जोशी, सातौं विजयलाल कायस्थ, आठौं कमलसिंह बम, नौ नम्बरमा मिङ्मार लामा, १० औँ नम्बरमा रणबहादुर चन्द र ११ औँ नम्बरमा विजयकुमार भट्ट छन् ।

 

 


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....