पूर्वाधार निर्माण, सम्पदा संरक्षण र पुनःनिर्माणमा लपुमनपाको रु. पौने तीन अर्ब बजेट

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार १६:३०


साझा यातायातको एक करोडको शेयर किन्ने

ललितपुर, असार ३१ ।
ललितपुर महानगरपालिकाको पहिलो नगर सभा बैठक आज बसेको छ । बैठकमा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७४/०७५ का लागि करिब पौने तीन अर्ब रुपैयाँ बजेट विनियोजनसमेत गरिएको छ ।

महानगरपालिकामा पूर्वाधार विकास र सम्पदा संरक्षणलाई प्रमुख प्राथमिकतामा राखेर ल्याइएको बजेटमा पूँजीगततर्फ दुई अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा जनसेवालाई छिटो र छरितो रूपमा प्रवाह गर्नेदेखि लिएर पूर्वाधार निर्माण, सम्पदाको संरक्षण, भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

यस्तै महानगरपालिकाले साझा यातायातलाई ललितपुरको बुङमती र गोदावरीसम्म विस्तार गर्ने भएको छ । सेवा विस्तारका लागि महानगरले साझा यातायातको एक करोड रुपैयाँको शेयर किन्ने भएको छ । साझाको सेवा विस्तारबारे प्रमुख महर्जनले ठूला बसलाई प्रोत्साहित गर्ने नीति अख्तियार गरिनेमा जोडसमेत दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....