प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आजबाट मतदाता नामावली संकलन

प्रकाशित मिति: १ श्रावण २०७४, आईतवार ०९:०६


काठमाडौं, श्रावण १ ।
प्रदेश सभा र प्रतिनिधि सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आजदेखि फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु गर्ने भएको छ । आगामी १५ गतेसम्म नामावली संकलन गर्ने समयसीमा तोकिएको छ ।

आयोगले सूचना निकालेर १८ वर्ष पुगेका तर, मतदाता नामावलीमा नाम नलेखाएका वा लेखाए पनि ठेगानालगायत विवरण फरक परेकाहरूलाई आफ्नो स्थायी ठेगाना भएको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्नसमेत आग्रह गरेको हो ।

नाम दर्ता गर्न वा सच्याउन जाँदा आफ्नो नागरिकताको प्रमाण पत्र लिएर जानुपर्ने व्यवस्था गरेको छ । यसअघि नै नाम दर्ता गराएका र नामावली सच्याउन नपर्ने व्यक्तिले भने पुनः नाम दर्ता गराउन नपर्ने आयोगले स्पष्ट पारेको छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयुक्तहरूसँग यसबारेमा छलफल गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले नामावली संकलनको समय १५ दिन थप गर्ने र आफू रहेकै ठाउँबाट नामावली संकलन गर्ने व्यवस्था मिलाउने विषयमा छलफल गर्ने तयारीमा रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....