काठमाडौं महानगरपालिकाको बजेट १० अर्ब ७८ करोड

प्रकाशित मिति: १ श्रावण २०७४, आईतवार ११:१४


काठमाडौं, श्रावण १ ।
काठमाडौं महानगरपालिकाको लागि आव २०७४/७५ का लागि रु.१० अर्ब ७८ करोड बजेट स्वीकृत गरिएको छ ।

संक्षिप्त विवरण अनुसार आन्तरिक आम्दानी कर आयतर्फ रु.चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ रु.दुई अर्ब १२ करोड गरी हुन आउने रु.छ अर्ब ४८ करोड ७५ लाख, आन्तरिक आम्दानी अनुदान रु.तीन अर्ब १६ करोड ८२ लाख (यसमा समानीकरण/शशर्त तथा निशर्त सबै अनुदान समावेश छ) रहेको छ ।

यातायात व्यवस्था कार्यालयसँगको समन्वयबाट सवारी करलाई कडाइ गर्ने, गरिने पनि विधेयकमा उल्लेख गरिएको छ ।

त्यस्तै, मनोरञ्जन करलाई नयाँ कर क्षेत्रका रूपमा राखिएको छ । यसअन्तर्गत आगामी बैठकमा विनियोजन विधेयक प्रस्तुत गरी चालू तथा योजना आयोजनाको रकम बाँडफाँड हुनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....