मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिताको माग

काठमाडौं, श्रावण १ ।
प्रधानमन्त्री शेरबहादुुर देउवासमक्ष अब विस्तार हुने मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
महिला सांसद् समन्वय समितिमा आबद्ध महिला सांसद्ले आज प्रधानमन्त्री देउवासँग भेटी मुलुकमा व्याप्त का घटना अन्त्य गरिनुपर्ने मागसमेत गरेको सांसद् रेखा शर्माले जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्री देउवाले महिला सांसद्ले राखेका मागलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै ती माग पूरा गर्न सक्दो प्रयास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । । भेटमा सांसद् आरजु देउवा, सीता नेपाली, कुन्ती शाही, ईश्वरी न्यौपाने र सीता गुरुङको पनि सहभागिता थियो ।
प्रतिक्रिया